समाचार
आधारभूत स्वास्थ्य केन्द्रको नव निर्मित भवनको उद्घाटन ।
पुर्व उर्जा जलस्रोत तथा सिचाइ मन्त्री, प्रतिनिधि सभा सदस्य बर्षमान पुन अनन्त ज्युको प्रमुख आतिथ्यतामा थबाङ गाउँपालिका वडा नं २ छेर्लोबाङमा रहेको आधारभूत स्वास्थ्य केन्द्र को नव निर्मित भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
कार्यक्रममा पुर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती,लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजल,थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती, गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।
थबाङ गाउँपालिका २ नं वडा अध्यक्ष बसन्त रोका मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन वडा सचिव चोलाकान्त पाण्डेयले गर्नु भएको थियो ।