समाचार
ग्यालरी
"लैङ्गिक समानताकाे लागि समान साेच र व्यावहार : समृद्धिकाे अाधार" राष्टिय मूल नाराकाे साथ १०९ अाैँ नारी दिवस थबाङ गाउँपालिमा सफल रूपमा मनाइएकाे छ । विभिन्न समुह, संस्था तथा अन्य महिलाहरूकाे उपस्थितिमा याे दिवस थबाङ गाउँपालिकाकाे ठूलाे गाउँ परिसरमा र्याली निकाली मनाइएकाे हाे । कार्यक्रममा थबाङ गाउँपालिका अर्न्तगतका महिला समुहहरू: प्रगतिशिल महिला समूह, सफल उद्देश्य महिला विकास समूह र महिला सञ्जाल थबाङ लार्इ सम्मान पनि गरिएकाे छ ।
थबाङ गाउँपालिकाद्वारा अायाेजित प्रथम गाउँपालिका कप तथा माघे सक्रान्ति मेलाकाे समापन माघ ७ गते भएकाे छ । माघ ३ गते उर्जा, जलस्राेत तथा सिचार्इ मन्त्री वर्षमान पुनबाट उद्घाटन गरिएकाे यस मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियाेगिताहरू भएकाे थियाे । यस मेलामा खेलकुद तर्फ भलिबल र धनुषवाण प्रतियाेगिता भएकाे थियाे भने सांस्कृतिक कार्यक्रममा लाेकदाेहाेरी प्रतियाेगिता, एकल तथा सामुहिक नृत्य, खाम भाषामा कविता प्रतियाेगिता तथा माैलिक भेषभुषाकाे प्रर्दशनी पनि भएकाे थियाे ।
- ‹ previous
- 2 of 3
- next ›